Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतमा कोरोनाको तेस्रो लहरको चेतावनी

एजेन्सी । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ ।

स्वास्थ्य मन्त्रालयले डेल्टा भाइरसको नयाँ म्युटेन्ट खतरनाक भएर निस्कने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

अहिलेसम्म नेपाल, भारत, अमेरिका, बेलायत, पोर्चुगलसहित डेल्टाको नयाँ म्युटेन्ट विश्वका १० देशमा भेटिएको छ । भारतको महाराष्ट्र, केरला र मध्य प्रदेशमा नयाँ भेरियन्टका बिरामी भेटिएकाले सचेत हुन भनिएको छ ।

भारतमा डेल्टा भेरियन्टकै कारण कोरोनाको दोस्रो लहर फैलिएको विज्ञले बताउँदै आएका छन् ।

स्वास्थ्य मापदण्ड अपनाए तेस्रो लहरलाई रोक्न सकिने त्यहाँका स्वास्थ्य अधिकारीले बताएका छन् । कोरोना नियन्त्रणका लागि भारतमा अहिले १८ वर्ष भन्दा माथिका सबै नागरिकलाई खोप लगाउने अभियान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077