Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • बिहानदेखि पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या

    बिहानदेखि पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या

    अनलाइन नेपाल
  • बुधबार, ९ असार २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ ।

    आज बिहानैदेखि काठमाण्डौसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको टेलिकमले जनाएको छ ।



    टेलिकमका अनुसार अहिले समस्या समाधानका लागि प्रयास भइरहेको छ । के कारणले समस्या देखिएको भन्ने थाहा हुन सकेको छैन । मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही मर्कामा परेका छन् ।



    यसअघि पनि बेला बेलामा टलिकमको सेवामा समस्या हुने गरे पनि मर्मत पछि फेरि सेवा सुरु गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार