Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • उत्तर कोरियाली नेता किम जोङकी बहिनीले अमेरिकालाई दिइन यस्तो चेतावनी

    उत्तर कोरियाली नेता किम जोङकी बहिनीले अमेरिकालाई दिइन यस्तो चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, ८ असार २०७८
  • 4.3K
    SHARES

    एजेन्सी। उत्तर कोरियाका सर्वोच्च नेता किम  जोङ उनकी बहिनी किम यो जोङले अमेरिकालाई चेतावनी  दिएकी छन्।  किम योले  उत्तर कोरियाको सर्वोच्च नेता आफ्नो दाईको बयानको गलत अर्थ नलिन भन्दै अमेरिकालाई चेतावनी दिएकी हुन।

    समाचार एजेन्सी रोयटर्सका अनुसार उत्तर कोरियाको सत्ताधारी पार्टीका वरिष्ठ अधिकारी रहेकी किम यो जोङले पनि त्यसो गर्दा अमेरिकालाई निराश हुने उल्लेख गरेकी छन्।



    अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभनले दक्षिण कोरियाका राष्ट्रपतिसँग भेट गरे जसले उत्तर कोरियालाई वार्तालापमा फिर्ता ल्याए।



    यस सम्बन्धमा, जेक सुलिवानले आइतबार  किम  जोङको भर्खरको भाषणमा ‘चाखलाग्दो संकेत’ देखेको वताएका थिए ।

    यसमा किम यो जोङले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनिन ‘अमेरिका उत्तर कोरियाले दिएको संकेतहरुको गलत अर्थ लगाइरहेको छ।’

    उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनएको रिपोर्टका अनुसार किम यो जोङले थप भनिन , ‘यस्तो लाग्छ कि अमेरिकाले आफुलाई सान्त्वना दिइरहेको जस्तो गरी स्थितिको आँकलन गरिरहेको छ।’

    पश्चिमा मुलुकले लगाएको नाकाबन्दीका कारण उत्तर कोरियामा अहिले भोकमरीको अवस्था देखिएको समाचार बाहिर आएको थियो।

    उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले बहिनी किम यो जोङलाई गत बर्ष मात्र थप अधिकार दिएर शक्तिशाली बनाएका थिए ।  -बिबिसी हिन्दीको सहयोगमा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार