Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतीय दुताबाससँगको उठबसका कारण डिआइजीको पदाबधि थपिएन , सशस्त्रमा भावी आईजीपीको लडाइँ

काठमाडौं । सशस्त्र प्रहरीमा भावी आईजीपीका रुपमा हेरिएका डिआइजी प्रवीण श्रेष्ठको पदावधि सोमबार थप नभएपछि अब उनले अबकाश पाउँदै छन्।  उनी आगामी बैशाखमा आईजीपीका दाबेदार थिए ।

सशस्त्रका आईजीपी शैलेन्द्र खनालका अत्यन्त विश्वाशपात्र डिआइजी  श्रेष्ठले म्याद थपका लागि मिडियामार्फत चर्को लबिङ गरेका थिए।

पदावधि थप नभएपछि उनले बुधबार अवकाश पाउनेछन् । सामान्यतया डिआइजीको पदावधि थप हुने गरेको छ ।  भारतीय दुताबासमा सूचना बेचेका कारण उनी बिबादमा तानिएका थिए।

व्यक्तिगत स्वार्थका लागि भारतीय दूतावास छिरेको आरोपमा कारबाहीमा परेका थिए ।  सशस्त्रमा अब राजु अर्याल, चन्द्रप्रकाश गौतम, नारायणदत्त पौडेल लगायत आईजीपीको दौडमा छन् ।

अहिलेका आईजीपी शैलेन्द्र खनालले चैत अन्तिममा अवकाश पाएपछि पुष्पराम केसी तीन साताका लागि आइजीपी हुनेछन् ।

त्यसपछि अर्याल , गौतम र पौडेलमध्ये एक जना आईजीपी बन्नेछन्।

यि मध्ये राजु अर्यालले शुरुदेखि नै मिडियामार्फत लबिङ गरेको आरोप लाग्दै आएको छ। नारायणदत्त पौडेलको पनि राजनीतिक दलका नेताहरुसँग उठबस रहँदै आएको छ।

अब उनीहरुमध्ये एक डेढ वर्षअघि नै महानिरीक्षक हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077