Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतमा एकैदिनमा ८० लाखलाई कोरोना खोप

एजेन्सी । भारतमा एकैदिनमा ८० लाखलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ ।

कुनै देशमा एकैदिन यति धेरै संख्यामा खोप लगाइएको यो पहिलो पटक हो । खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले हिजो ८० लाखलाई खोप लगाएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्ध लड्ने हतियारका रुपमा रहेको खोप अभियानलाई तीब्रता दिएको जानकारी दिंदै आफनो देशका नागरिकहरुलाई खोपबाट वन्चित नगर्ने घोषणा गरे ।

भारतले हरेक १८ बर्ष माथिका व्यक्तिलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077