Online Nepal
  • बुधबार, १० पुष २०८१
  • ज्वाला संग्रौलासहित ३ जनालाई ३ दिन हिरासतमा राख्न प्रशासनको अनुमति

    ज्वाला संग्रौलासहित ३ जनालाई ३ दिन हिरासतमा राख्न प्रशासनको अनुमति

    अनलाइन नेपाल
  • सोमबार, ७ असार २०७८
  • 2.3K
    SHARES

    काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता हुँ भन्दै हिड्ने ज्वाला संग्रौलालाई तीन दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको छ ।

    पक्राउ परेकी संग्रौलालाई धम्क्याउने, कुटपिट र अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो ।



    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले काठमाडौं प्रहरीको माग अनुसार अनुसन्धानका लागि अनुमति दिइएको बताए । संग्रौलासँगै उनका पति हिमाल उपाध्याय र शर्मिला वाइवालाई पनि थुनामा राख्न अनुमति दिइएको छ ।



    आइतबार महानगरीय प्रहरी परिसर टेकुले युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा संग्रौलासहित ३ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो।

    खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार