Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कोरोना भाइरस

    डेल्टा र अल्फापछि नेपालमा भेटियो कप्पाको नयाँ भेरियन्ट, थप खतरनाक रहेको पुष्टि

    डेल्टा र अल्फापछि नेपालमा भेटियो कप्पाको नयाँ भेरियन्ट, थप खतरनाक रहेको पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, ७ असार २०७८
  • 2.2K
    SHARES

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको बताएको छ।

    आज मन्त्रालयले एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपालमा कोरोनाको डेल्टा र अल्फा नामक नयाँ भेरियन्ट पुष्टि भएको बताएको हो।



    मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीद्वारा जारी गरिएको सो विज्ञप्तिमा भनिएको छ, ‘गत जेठ २६ गते भारतको नयाँ दिल्लीस्थित डब्ल्युएचओद्वारा समन्वय प्राप्त ल्याबमा पठाएको ४८ वटा नमुना परिक्षणहरुमा ४७ जनामा सो भाइरस पुष्टि भएको छ।’ ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएकाहरु मध्ये ९ वटा नमुनामा थप उत्परिवर्तन ‘केफोएनसेभेनएन’ जसलाई एआइ नाम दिएको छ। ‘



    मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरेअनुसार हाल भेटिएको नमुना नेपालसहित १० देशहरुमा रहेको र यो संक्रमणपनि निकै खतरनाक रहेको पाइएको छ। यस्तै अब नेपालमा डेल्टा, अल्फा र कप्पा भेरियन्ट पुष्टि भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार