Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाबुराम भन्छन् - ओली-विद्या राजमा नेपाली राज्यको नैतिक धरातल भासिने भो !

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचन आयोगमा आफ्नो हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध भएको बताएका छन् ।

आइतबार साँझ सामाजिक सञ्जालमार्फत अध्यक्ष भट्टराईले निर्वाचन आयोगमा आफ्नो हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध भएको बताएका हन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिन लागेकाे भन्दै मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुनै नसक्ने बताएका छन् ।

उनले भने - 'ओली-विद्या राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिने भो ! मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुने कुरै भएन।'

https://twitter.com/brb1954/status/1406643276040441857

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077