काठमाडौँ । आज काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा मौसम सफा रहेको छ ।
अहिले वाग्मती प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशका केही ठाउँको मौसम खुलेको छ । प्रदेश १ का केही ठाउँमा घाम लागे पनि केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १ का केही ठाउँसँगै अहिले कर्णाली प्रदेशमा पानी परिरहेको छ । प्रदेश १, २ र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । गत २४ घण्टामा रुकुममा सबैभन्दा बढी ८० मिलीमिटर पानी परेको छ ।
पानी पर्न कम भएपछि देशका धेरैजसो नदी तथा खोलामा पानीको बहाव घटेको छ । यसले तत्कालका लागि बाढीको जोखिम घटेको छ । यसअघिको लगातारको झरीले जमिन गलिसकेकाले सामान्य पानी पर्दा समेत पहिरोको जोखिम भने यथावत रहेको महाशाखाले जनाएको छ । बिहीवारदेखि देशभर मौसम पूर्ण बद्ली भइ ठूलो पानी पर्ने सम्भावना छ ।
Leave a Reply