Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

उपत्यकामा अबदेखि बार अनुसार पसल खुल्ने, हेर्नुहोस् कुन दिन कुन पसल खुल्छन् ?

काठमाडौँ । उपत्यकाका जिल्लाहरुमा एक साता निषेधाज्ञा थप गरिएको छ।

अहिले भर्खर सम्पन्न उपत्यकाका (काठमाडौँ, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरू (सीडीओ)को बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

बैठकपछि थप गरिएको निषेधाज्ञा आगामी असार १४ गतेसम्म लागू हुने भएको छ। अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीले जानकारी दिए।

पराजुलीका अनुसार निजी सवारीलाई जोर-बिजोरअनुसार चल्न दिइने छ, भने ट्याक्सीहरूलाई पनि जोर-बिजोर लागू गरेर चलाउन दिइनेछ।

यसैगरी, 'आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने निर्णय भएको छ,’ पराजुलीले भने,‘सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ।’

यस्तै, निषेधाज्ञाको नयाँ मोडालिटी अनुसार खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ।

रेष्टुरेन्ट,  होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन्।  निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने पराजुलीले  जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077