Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कम्युनिष्ट, कांग्रेस, र समाजवादीलाई रूपान्तरण गर्न बाबुरामको माग

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले कांग्रेस, कम्युनिष्ट र समाजवादी रूपान्तरण हुनुपर्ने वताएका छन्। भट्टराईले राजनीतिक दल र त्यसको नेतृत्वको स्खलन नै देशको संकटको प्रमुख कारण रहेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आज ट्वीट गर्दै  समस्या एकातिर तर समाधान अर्कोतिर खोज्न नहुने उल्लेख गरेका छन् भने पार्टीहरूलाई नयाँ बनाउन आँट गर्नुपर्ने उल्लेख गरेका छन् ।

भट्टराईले लेखेका छन्, ‘भनिन्छः टाउकाको ओखती नाइटामा लगाएर हुन्न ! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति, दल, नेतृत्वको स्खलन नै हो,’ भट्टराईले भनेका छन्, ‘कांग्रेस ‘कांग्रेस’ नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’ नरहनु र समाजवादी ‘समाजवादी’ नरहनु ।’

उनले भनेका छन्, 'पार्टीहरू रूपान्तरण हुनुपर्ने उनको भनाई छ । ‘कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं, नत्र समयले कसैलाई पर्खन्न है,’ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077