Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महाकालीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । महाकाली नदीमा पानीको वहाव बढेको छ । पहाडी भेगमा लगातार वर्षा भएपछि महाकालीमा बाढी आएको हो ।

बाढीले दार्चुलामा लगातार कटान गरिरहेको छ । कञ्चनपुरको भुजेला क्षेत्रमा पनि बाढीले बटान गरिरेहेको छ । पानीको बहाव बढेर खतराको तह आसपास पुग्न सक्ने बाढी मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सतर्कता तह पार गरेर खतराको तहमा पानीको बहाव पुग्न सक्ने भएकोले तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ।

आइतबार बिहानको मापन अनुसार महाकाली र यसका सहायक नदीमा पानीको बहाव सतर्कता तह आसपास रहेको छ। दिउँसोसम्म बहाव बढेर खतराको तह पुग्न सक्ने पूर्वानुमान छ।

यस्तै बिहानको मापनमा कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीमा पनि बहाव बढ्दो क्रममा रहेको छ । आज दिउँसोसम्म यी नदीहरुमा पनि बहाव घटबढ हुन सक्ने बताइएको छ ।

यस्तै कन्काई, कमला, बागमती जलाधारका केही स(साना सहायक नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने अनुमान गरिएको छ।

पश्चिचम राप्ती, तिनाउ, बबई र यसका सहायक नदीमा बहाव बढ्दो हुने र केही स साना नदीमा सतर्कता तह आसपास पुग्न सक्ने देखिएको छ । यस्तै सुनकोशी नदीमा पनि पानीको बहाव बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077