Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तत्काललाई तामाकोशीमा बाढीको खतरा टर्‍यो

दोलखा । तामाकोशी नदीमा तत्काललाई बाढीको खतरा टरेको छ ।

चीनको तिङ्ग्री काउन्टी नजिकैको पहिरो हटाइएपछि रोङसी नदीमा पानीको वहाव सुचारु भएपछि तामाकोशीमा ठूलो बाढीको खतरा टरेको हो । जिल्ला प्रशासन कार्यालय दोलखाले शनिबार राति सूचना जारी गर्दै चिनियाँ पक्षले पहिरो आंशिक रुपमा हटाएकाले नदीको प्रवाह सुचारु भएको जनाएको छ ।

पानी विस्तारै बग्न थालेपछि जलासय घट्दै गएको छ । पानीको प्रवाहलाई क्रमिक रुपमा छोडी खाली गराउने काम भइरहेको छ । तत्काललाई गम्भीर किसिमको जोखिम नरहेको प्रशासन कार्यालयले जनाएको छ ।

जलासयको पानी पूर्णरुपमा खाली नभएसम्म सीमावर्ती क्षेत्र तथा तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम कायमै रहने बताइएको छ । शुक्रबार राति भारी वर्षाका कारण तामाकोशी नदीको सहायक नदी रोङसी थनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077