जनकपुरधाम । प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले केही सञ्चारमाध्यममा आफ्नो राजिनामाको विषयमा आएको समाचारप्र्रति गम्भीर आपत्ति जनाएका छन् । आफुले राजिनामा दिने मुडमा वा तयारीमा रहेको भनी आएको समाचार भ्रामक रहेको भन्दै उनले आपत्ति जनाएका हुन् ।
केही सञ्चारमाध्यममा आएको समाचारको विषयमा उनले आज (शनिवार) सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया सार्वजनिक गरेका हुन् । मुख्य न्यायाधिवक्ता झाले सामाजिक सञ्जालमा लेखेका छन् ‘म राजिनामा दिने मुडमा वा तयारी आदि भ्रामक समाचार मैले कतिपय ठाउँमा हेरे, यस समबन्धमा मलाई कहीँ कतै कुनै जानकारी नभएको र कसैले सोधेको वा कुरा गरेको छैन, यसकारण यस्ता समाचार कसले कुन प्रयोजनकोलागि लेखे भन्ने कुरा आफूलाई जानकारी नभएकोले खण्डन गर्दछु ।’ उनले आफु काम विशेषले राजधानी काठमाडौंमा रहेको जानकारी दिँदै विहानै आफुले यस्तो भ्रामक समाचार हेरेपछि आश्चर्यचकित भएको पनि बताएका छन् ।
Leave a Reply