Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • स्वीस बैंकमा कसरी जम्मा भयो नेपालीको ४६ अर्ब ६४ करोड ?

    स्वीस बैंकमा कसरी जम्मा भयो नेपालीको ४६ अर्ब ६४ करोड ?

    अनलाइन नेपाल
  • शनिबार, ५ असार २०७८
  • 2.8K
    SHARES

    काठमाडौं । स्वीट्जरल्यान्डको केन्द्रीय बैंक (स्वीस नेसनल बैंक) मा नेपालीहरुको बचत ३६ करोड ८ लाख २२ हजार ५ सय ५१ स्विस फ्र्यांक (हालको विनिमय दरअनुसार ४६ अर्ब ६४ करोड ३५ लाख ३१ हजार २ सय ५१ रुपैयाँ) पुगेको छ ।

    बैंकले सार्वजनिक गरेको पछिल्लो वार्षिक विवरण अनुसार नेपालीहरुले जम्मा गरेको रकम अघिल्लो वर्षभन्दा दोब्बर बढि छ । बैंकको प्रतिवेदनमा सन् २०१९ मा स्वीस बैंकमा नेपालीले २२ अर्ब ७३ करोड बचत गरेको देखाइएको छ । तर, सन् २०२० मा भने उक्त रकम बढेर ४६ अर्ब ६४ करोड ३५ लाख ३१ हजार २ सय ५१ रुपैयाँ पुगेको हो । यो रकम ब्याजसहितको हो ।



    सन् २०२० मा भारतीयले स्वीस बैंकमा २०,७०० करोड भारु बचत गरेको पनि जनाइएको छ । भारतीय बचत १३ वर्ष यताकै उच्च रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।



    नेपालीको बचत सन् २०१७ पछि लगातार दुई वर्ष घटेको थियो । स्विस नेसनल बैंकले सार्वजनिक गरेको विवरणअनुसार सन् २०१७ सम्म नेपालीको बचत ४१ अर्ब ७३ करोड ९२ लाख २३ हजार २०५ रुपैयाँ ९हालको विनिमय दर अनुसार० थियो । २०१८ मा ३२ अर्ब १६ करोड ५ लाख ८७ हजार ८ सय ४८ रुपैयाँमा झर्‍यो । २०१९ मा अझ घटेर २२ अर्ब ७३ करोड ४० लाख ९९ हजार ८ सय १० रुपैयाँमा पुग्यो । २०२० मा भने दोब्बर भएको हो ।

    स्वीस बैंकले बचतकर्ताको गोपनियता कायम राख्ने भएकाले बचतकर्ताको नाम र कति संख्या भन्ने उल्लेख हुँदैन । वित्तिय जोखिम समेत कम हुने भएकाले बचतकर्ताको आकर्षण स्वीस बैंकमा हुने गरेको छ ।

    २२४ देशका नागरिकले स्वीस बैंकमा रकम बचत गरेको देखिन्छ । गम्भीर अपराध तथा गैरकानुनी कार्यबाट आर्जित रकम बचत गरिदिने र उच्चस्तरीय गोपनीयता राख्ने स्विस बैंकमा विभिन्न देशको मौज्दात रकम बढेको छ । कतिपय अन्तर्राष्ट्रिय निकायले सम्पत्ति शुद्धीकरणको मामिलामा सघाउन र पारदर्शीमा लचिलो बन्न स्वीस बैंकलाई दबाब दिने गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार