Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • किन बोलाईन राष्ट्रपतिले सुरक्षा निकायका प्रमुखहरुलाई ?

    किन बोलाईन राष्ट्रपतिले सुरक्षा निकायका प्रमुखहरुलाई ?

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असार २०७८
  • 2.8K
    SHARES

    काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री, गृहसचिवसहित सबै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा बोलाएकी छन्।

    शितलनिवास स्रोतका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु केही समय पहिले शीतलनिवास पुगेका छन्।



    गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी शितलनिवास पुगेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ।



    विपदकै विषयमा जानकारी लिन बोलाइएको भनिएको छ। स्रोतले भन्यो, ‘तर, यही विषयका लागि राष्ट्रपतिले यसरी बोलाउनु नपर्ने हो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार