Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • बूढीगण्डकीले फेरि दुई घर बगायो

    बूढीगण्डकीले फेरि दुई घर बगायो

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असार २०७८
  • 1.6K
    SHARES

    गोरखा। जिल्लाको धार्चे गाउँपालिका–१ स्थित यारु बगरमा बूढीगण्डकी नदीले केही दिनदेखि परेको लगातारको वर्षाका कारण आएको बाढीले दुई घर बगाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले यात्रु बगरका स्थानीयवासी राजकुमार ढकाल र गोपाल घलेको घर बिहीबार साँझ बगाएको हो ।



    त्यस्तै ढकालको घर नजीकै रहेको बाख्रासहितको खोरसमेत बगाएको उनले जानकारी दिए । घर बगाएको जानकारी पाएलगत्तै प्रहरी टोली त्यहाँ पुगेर पीडित परिवारलाई नजीकै छिमेकीको घरमा राखिएको डीएसपी दाहालले बताए ।



    ‘पीडित दुई परिवारलाई छिमेकीको घरमा आश्रय लिइरहनुभएको छ’, उनले भने, ‘थप जोखिममा परेका परिवारलाई समेत अयन्त्र सारिएको छ ।’ नदीमा आएको बाढीले यारु बगरका थप सात घरसमेत उच्च जोखिमा रहेको जानकारी आएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार