Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • जनकपुरमा १०० बेडको कोभिड विशेष अस्पताल संचालनमा

    जनकपुरमा १०० बेडको कोभिड विशेष अस्पताल संचालनमा

    अनलाइन नेपाल
  • बिहिबार, ३ असार २०७८
  • 1.5K
    SHARES

    रामनारायण यादव / जनकपुरधाम । प्रदेश २ सरकारले जनकपुरमा एक सय बेडको कोभिड विशेष अस्पताल संचालनमा ल्याएको छ ।

    मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालको खाली रहेको भवनभित्र बनाइएको एक सय बेडको कोरोना अस्पतालको आज मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नवलकिशोर साहले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।



    प्रतिष्ठानका कुलपति समेत रहेका मुख्यमन्त्री  राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड संक्रमितहरुको उपचार सुरु गर्ने भए पनि अन्य विशेषज्ञ सेवा पनि चाँडै शुभारम्भ गरिने बताए ।



    मुख्यमन्त्री राउतले शिक्षण अस्पताल सञ्चालनका लागि सरकारबाट जग्गा लिजमा लिएका मणिपालले दशकौं बितिसक्दा समेत अस्पताल सञ्चालन गर्न नसकेकाले लिज खारेजी गराई उक्त जग्गा मधेश स्वास्थ्य विज्ञान प्रष्ठिान मातहत ल्याउने पहल सुरु गरिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार