Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाढी-पहिरो र डुबानप्रति गम्भीर बन्न सरकारलाई एमाले नेपालपक्षको माग (पत्रसहित)

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको माधवकुमार नेपाल पक्षले बाढीपहिरोको न्यूनकरण र यसबाट पीडितको उद्धार, उपचार र राहत वितरणमा सरकार गम्भीर बन्नु पर्ने भन्दै ध्यानाकर्षण गराएको छ।

वर्षायाममा प्रत्येक वर्षजसो नेपाली जनताले ब्यहोर्दै आएको बाढी, पहिरो र डुवानको समस्या समाधान गर्न नेपाल सरकारले जिम्मेवारीपूर्वक कुनै पूर्व तयारी गरिएको नदेखिनु दुःखको विषय भएको यो पक्षको निष्कर्ष छ।

आज नेपाल पक्षले एक विज्ञप्ति जारी गर्दै यो स्थितिमा परिवर्तन आउनुपर्ने मागसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077