Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुरुङ बन्द गर्दा ठूलो क्षतिबाट जोगियो मेलम्ची आयोजना

सिन्धुपाल्चोक । बाढी आउनु अघि नै सुरुङ गरेका कारण मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति हुन नपाएको खुलेको छ ।

सुरुङभित्र प्राविधिक पठाएर सुपरीवेक्षण गर्नका लागि लागि मंगलबार विहान ११ बजे सुरुङको गेट बन्द गरिएको थियो । अम्बाथानबाठ खोलाको पानी खोलातर्फ सोझ्याइयो । त्यसको ७ घण्टापछि मेलम्ची खोलाको मुहान भेगमा ठूलो पहिरो गयो र खोला थुनिन पुग्यो ।

मेलम्ची आयोजनाको बाँध र बालुवा छान्ने संयन्त्र निर्माणको काम अन्तिम चरणको पुगेको छ । खोला थुनिएको पत्तो नपाएका मजदुरहरु काममै व्यस्त थिए । साँझ ७ बजेतिर एकाएक मेलम्चीमा लेदो माटो, काठ, ढुंगासहित ठूलो बाढी आयो । बाढीले केही श्रमिकलाई बगाएको छ ।
आयोजनाकाअनुसार अहिलेसम्म चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले आफ्ना तीन कामदार हराएको जानकारी दिएको छ भने हाइड्रोमेकानिकल गेटको काम गरिरहेको भारतीय कम्पनीले पनि ३ जना श्रमिक हराएको जनाएको छ ।

स्थानीयले आयोजनामा काम गर्ने २ जना श्रमिक पनि सम्पर्कमा नआएको बताएका छन् । त्यसकाआधारमा आयोजनाले ८ जना श्रमिक बेपत्ता भएको ठहर गरेको छ । बुधबार नेपाली सेनाले हेलिकोप्टोमार्फत आयोजनाका ७६ श्रमिकको उद्धार गरेर काठमाडौं र धुलिखेलमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077