Online Nepal
  • बुधबार, १० पुष २०८१
  • असार दोस्रो सातादेखि स्मार्ट लकडाउन

    असार दोस्रो सातादेखि स्मार्ट लकडाउन

    अनलाइन नेपाल
  • बिहिबार, ३ असार २०७८
  • 3K
    SHARES

    काठमाडौं । असार दोस्रो सातादेखि स्मार्ट लकडाउन हुने भएको छ ।

    कोभिड–१९ निर्देशक समितिको बुधबार बसेको बैठकले संक्रमणको जोखिम राख्न र अत्यावश्यक बस्तुहरुको उत्पादन तथा आपूर्ति सुचारु गर्न स्मार्ट लकडाउन गर्ने निष्कर्ष निकालेको हो ।



    जारी निषेधाज्ञा कायमै राखेर त्यसपछिको अवस्था मूल्यांकन गरी केही क्षेत्र खुला गर्ने समितिले निर्णय गरेको छ । बालुवाटारमा बसेको बैठकले कतार, साउदी अरेबिया, मलेसिया, जापान लगायतका मुलुकमा पुनः हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ ।



    यी देशहरुबाट सातामा दुई हजार यात्रु नबढ्ने गरी हवाई उडान सुचारु गरिने छ । बैठकमा प्रधानमन्त्री एवं निर्देशक समितिका प्रमुख केपी शर्मा ओलीले लकडाउन खुकुलो बनाउनुपर्ने सल्लाह दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार