Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • भारतमा कोरोनाको नयाँ भेरियन्ट ए वाइ वान पुष्टि

    भारतमा कोरोनाको नयाँ भेरियन्ट ए वाइ वान पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, ३ असार २०७८
  • 2.1K
    SHARES

    एजेन्सी । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण भएको नयाँ भेरियन्टको पुष्टि भएको हो ।

    नयाँ पुष्टि भएको भरियन्टको नाम ए वाइ वान डेल्टा प्लस राखिएको छ । डेल्टा प्लस भेरियन्ट डेल्टाको म्युटेशन हो । कोरोनाको दोस्रो लहरको समयमा भारतमा डेल्टा भेरियन्टको सङ्क्रमण पुष्टि भएको थियो । यो भेरियन्ट भारतको आन्ध्र प्रदेश, महाराष्ट्र, तेलङ्गनालगायतका ठाउँमा पुष्टि भएको छ ।



    डेल्टाबाट नै म्युटेट भएर डेल्टा प्लस बनेको अनुसन्धानकर्ताहरुले बताएका छन् । तर, अहिलेसम्म यसको सङ्क्रमण त्यति जोखिमपूर्ण नदेखिएको वैज्ञानिकहरुको भनाइ छ । यो भेरियन्टबारे थप अनुसन्धान भइरहेको छ ।



    यो भेरियन्ट पहिलो पटक गएको मार्चमा युरोपमा पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार