Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • बजेट यथार्थपरक भएकोले सफल कार्यान्वयन हुन्छ : मन्त्री आङ्बुहाङ

    बजेट यथार्थपरक भएकोले सफल कार्यान्वयन हुन्छ : मन्त्री आङ्बुहाङ

    अनलाइन नेपाल
  • बुधबार, २ असार २०७८
  • 2.6K
    SHARES

    विराटनगर । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ लिम्बुले आर्थिक वर्ष २०७८/७९ को बजेट यथार्थपरक भएकोले सफल कार्यान्वयन हुने बताएका छन्।

    आज मन्त्रालयद्वारा आयोजित बजेटसम्वन्धी पत्रकार सम्मेलनमा यसको कार्यान्वयनलाई जिम्मेवार र जवाफदेही बनाउन अनिवार्य रुपमा माथिल्लो पदाधिकारीदेखि अधिकृत तहसम्म कार्यसम्पादन सम्झौता गरिने जानकारी दिए । उनले आर्थिक वर्ष सुरू हुनु अगावै बजेट तथा कार्यक्रमको कार्यान्वयन कार्य योजना सवै मन्त्रालय तथा निकायहरुबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याइने प्रष्ट पारे ।



    मन्त्री आङ्बुहाङ्गले स्वीकृत आयोजनाहरु समयमै सम्पन्न गर्न जिम्मेबार अधिकारीले बोलपत्र आव्हान गर्ने, मूल्याङ्कन गर्ने तथा खरिद सझौता गर्ने कार्य आर्थिक वर्षको पहिलो त्रैमासिक अवधि भित्रै गरिसक्नु पर्ने छ भने । उनले कोभिड–१९ को महामारीको आर्थिक वर्ष २०७८/७९ मा पदाधिकारी र कर्मचारीको बैठक भत्ता कटौती गरिएको जानकारी दिए ।



    सांसद पूर्वाधार विकास कोषलाई निरन्तरता दिएको जानकारी दिदै यस सम्वन्वधी कार्य योजना बनाइ कार्यान्वयन गर्ने उनको भनाइ थियो । मन्त्रालयका सचिव उत्तरकुमार खत्रीले प्रदेशको राजश्व क्षेत्र विस्तारका लागि विज्ञ समूह गठन गरी परिचालन गर्ने जानकारी दिए ।

    नले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने बताउँदै भौतिक पूर्वाधार विकास मन्त्रालयमा १०८ आयोजना भएकोले बजेटको रकम धेरै राखिएको जानकारी दिए । पत्रकार सम्मेलनमा प्रदेश योजना आयोगका सदस्यद्वय पूर्णकुमार लोक्सोम र मीना भण्डारीले पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार