Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बुढीगण्डकीले गोरखामा ४ वटा घर बगायो

गोरखा । केही दिनयता परेको अविरल वर्षका कारण पानीको वहाव बढेपछि बुढीगण्डकी नदीले ४ वटा घरहरु बगाएको छ।

गए राती जिल्लाको चुमनुव्री गाउँपालिका–३ सल्लेरीमा स्थानीय सूर्यबहादुर गुरुङ, सुन्दर गुरुङ, थरपति गुरुङ र लक्ष्मण गुरुङको घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

यस्तै, प्रहरीका अनुसार अन्य सात घर जोखिममा रहेका छन्।

'राति घर बगाउन थालेपछि स्थानीय सुरक्षित ठाउँतिर भागेका थिए,' प्रहरी स्रोतले भन्यो, ‘अन्य घर पनि जोखिममा रहेकाले स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको भन्ने खबर आएको छ,’

सडक निर्माणका लागि सोही ठाउँमा रहेको नेपाली सेनाको निर्माण कार्यदलको बेस क्याम्प पनि जोखिममा रहेको बताइएको छ ।

बुढीगण्डकीकै कारण जगतका तीन घर विस्थापित भएका छन् । पानीको वहाव नजिकै आएकाले कटान गर्न सक्ने भन्दै उनीहरु सुरक्षित ठाउँमा सरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077