Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेलम्चीको होटलमा फसेकालाई सेनाले गर्यो हेलिकप्टरबाट उद्धार (भिडियो)

सिन्धुपाल्चोक। जिल्लाको मेलम्ची बजारस्थित होटलको छतमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले हवाई उद्धार गरेको छ ।

मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण चारैतिरबाट बाढीले घेरिएपछि उनीहरु अलपत्र परेका थिए । उनीहरु होटलको छतमा पुगेर गुहार माग्दै आएका थिए । उनीहरु बस्दै आएको रोज होटलको तल्लो तला बाढीमा डुबेको थियो ।

सेनाको टोलीले उनीहरुलाई हेलिकप्टरबाट डोरीको सहायताले उद्धार गरिएको हो ।

यस्तै, जिल्लाकै हेलम्बु गाउँपालिकामा गएरातिको अबिरल वर्षासँगै आएको बाढीका कारण इन्द्रवती नदिले बगाएर ७ जना बेपत्ता भएका छन् ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार बेपत्ता ७ जना मध्ये ५ जनाको नाम खुलेको र दुई जनाको खुल्न बाँकी रहेको छ।

हेर्नुहोस कमल पाण्डेको फेसबुकबाट साभार गरिएको यो भिडिओ :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077