Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सप्तकोशीमा पानीको बहाव बढेपछि १२ वटा ढोका खुला

विराटनगर। केही दिनदेखिको अबिरल बर्षाका कारण नदीमा पानीले बाढीको तह बढेपछि कोशी ब्यारेजको १२ वटा ढोका खुला गरिएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको छ।

पानी परिरहेको छ, नदीको बहाव बढिरहेको छ तर खतराको अवस्था छैन, सीडीओ ढकालले भने, 'नदी किनार आसपासको क्षेत्रमा हामीले निरन्तर अवलोकन गरिरहेका छौँ । अहिलेसम्म कोशीले खतराको तह पार गरेको छैन् ।’

कोशीमा ५६ वटा ढोका रहेका छन्। नदीमा पानीको बहावको अवस्था हेरेर ढोकाहरु खोल्ने गरिएको छ।

केही दिनदेखिको अबिरल बर्षाका कारण गए राती सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, हेलम्बु क्षेत्र र मनाङको सदरमुकाम चामेमा बाढी-पहिरोले क्षति पुर्‍याएको खबर सार्वजनिक भएलगत्तै अहिल सिंहदरवारमा गृहमन्त्रीको नेतृत्वमा विपद व्यवस्थापन समितिको बैठक बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077