Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबारमा विपद व्यवस्थापन समितिको आकस्मिक बैठक जारी

काठमाडौँ। विपद व्यवस्थापन कार्यकारी समितिको बैठक सिंहदरबारमा सुरु भएको छ ।

केही दिनदेखिको अबिरल बर्षाका कारण गए राती सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, हेलम्बु क्षेत्र र मनाङको सदरमुकाम चामेमा बाढी-पहिरोले क्षति पुर्‍याएको खबर सार्वजनिक भएलगत्तै समितिको बैठक सिंहदरबार सुरु भएको हो ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका अनुसार बैठकमा सिन्धुपाल्चोक र मनाङसहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था र गर्नुपर्ने कामका विषयमा छलफल हुने छ ।

समितिको कार्यकारी अध्यक्ष गृहमन्त्रीको नेतृत्वमा बैठक जारी रहेको छ।

हालसम्मको रिपोर्ट अनुसार सिन्धुपाल्चोकमा गए राति आएको बाढी र पहिरोका कारण सात जनाको मृत्यु भएको छ भने समस्यामा फसेकाहरुको नेपाली सेनाले हेलिकप्टरमार्फत् उद्दार गरिरहेको छ।

यस्तै, मनाङ, म्याग्दी, दाङलगायतका अन्य जिल्ला पनि बाढी पहिरोबाट प्रभावित भएका छन् भने मानवीय क्षतिको विवरण आइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077