Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • उद्धार र राहतमा खटिन कार्यकर्तालाई सभापति देउवाको निर्देशन

    उद्धार र राहतमा खटिन कार्यकर्तालाई सभापति देउवाको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, २ असार २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी तथा पहिरोका कारण विपदमा परेकाको उद्धार र राहतमा खटिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    पीडितको उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरुका लागि आवश्यक राहत प्याकेज घोषणा गर्न देउवाले सरकारसँग माग गरेका छन्।



    सामाजिक सञ्जालमार्फत देउवाले केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक र मनाङ लगायतका क्षेत्रमा बाढी पहिरो र कटानले विकराल रुप लिएको उल्लेख गर्दै उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।



    देउवाले यो कठिन अवस्थामा उद्धार र राहतमा खटिन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार