Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाढीबाट हेलम्बुमा ७ जनाको मृत्यु

काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बुमा बाढीले ७ जनाको मृत्यु भएको छ ।

निरन्तर वर्षापछि आएको बाढीले हेलम्बु गाउँपालिकाभर ७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले जानकारी दिए । मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन ।

हेलम्बुमा घर, टहरा, फार्म, पुललगायतका संरचना बाढीले बगाएको छ । पानीको बहाब नघटेकाले क्षतिको विवरण यकिन हुन सकेको छैन । बाढीले मेलम्ची बजारमा हालसम्म मानविय क्षति नभएको प्रजिअ पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077