Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गाजा क्षेत्रमा इजरायलद्वारा पुनः आक्रमण

एजेन्सी । इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा फेरि आक्रमण गरेको छ ।

गाजा सहरमा आज बिहानै विस्फोट भएको बीबीसीले जनाएको छ । विस्फोटबाट भएको मानविय क्षतिबारे केही थाहा हुन सकेको छैन ।

विद्रोही समूह हमासले इजरायलको क्षेत्रमा बेलुन खसालेर आगलागी गराएको र त्यसको जवाफमा हवाई हमला गरेको इजरायलले जनाएको छ । इजरायल र प्यालेस्टाइनबीच ११ दिन लामो युद्धपछि गत मे २१ मा युद्धविराम भएको थियो ।

इजरायलले विज्ञप्ति निकालेर हमासले आगो भरिएका बेलुन पठाएर आफूहरुको कम्तीमा २० ठाउँमा आगलागी गराएपछि गाजामा रहेको सैन्य क्षेत्रमा आक्रमण गरेको जानकारी दिएको छ । हिजो हमासले जेरुसलममा कारबाही गर्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077