Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेलम्चीमा बाढीको बितण्डा, मानवीय क्षतिको आशंका

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोलाको बाढीले बितण्डा मच्चाएको छ । लगातारको वर्षाका कारण दुवै खोलमा अत्यधिक बाढी आएको स्थानीय बासिन्दाले बताएका छन् ।

मंगलबार साँझदेखि बाढीले मेलम्ची बजार र हेलम्बु क्षेत्रमा क्षति गर्न थालेको हो । रातभर बाढीले क्षति गरेपनि त्यहाँको अवस्था अज्ञात नै छ । बाढीले मानवीय क्षति भएको आशंका गरिएको छ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार क्षतिको विवरण प्रापत हुन सकेको छैन । बाढीले हेलम्बु र मेलम्चीमा धेरै घरहरु बगाएको छ । मेलम्ची बजार अहिले पनि जोखिममा छ।

बजारका सबै बासिन्दाले घर छाडेर माथिल्लो टारमा गएका छन् । बाढी मेलम्ची खानेपानीको मुहानमा पसेको छ । त्यहाँ केही व्यक्ति बेपत्ता
भएको आशंका गरिएको छ । बाढीले ईन्द्रावती करिडोरमा समेत ठूलो क्षति गरेको छ ।

मेलम्ची आयोजनाका कर्मचारी बस्ने क्याम्पमा बाढी पसेको छ । तिम्बु र चनौटेमा पनि बाढीले बितण्डा मच्चाएको छ । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र हेलम्बुको नाकोते हुँदै आएको बाढीले हेलम्बु गाँउपालिकाको तिम्बु र चनौटे बजारमा अत्यधिक क्षति पुर्याएको स्थाीनयले बताएका छन् ।

बाढीले हेलम्बु गाँउपालिकाको बगर क्षेत्रमा रहेकोे ट्राउट फर्म, रिसोर्टहरूमा बढी क्षति पुर्‍याएको छ । स्थानीयहरू सुरक्षित स्थानको खोजीमा छन् । हेलम्बुमा रहेको प्रहरी कार्यालय भवनसम्म समेत बाढी पसेको छ ।

मेलम्चीको आमा ह्योल्मो बसपार्क बाढीले बगाएको छ । कतिपय ठाउँमा बाढीले सडक बगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077