Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम सरकारद्वारा ३० अर्ब ३३ करोड ९४ लाखको बजेट सार्वजनिक

कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।

आज आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षको वार्षिक बजेट भन्दा ३ अर्ब ५ करोड कमको बजेट प्रस्तुत गरेका हुन् ।

मन्त्री शाहका अनुसार यसबर्षको बजेटमा चालुतर्फ १० अर्ब ६६ करोड र पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख बजेट विनियोजन गरिएको छ भने चालु आर्थिक वर्षको तुलनामा ४ अर्ब बजेट घटाइएको छ भने पुँजीगतर्फ झण्डै एक अर्बले वृद्धि गरिएको छ।

यस्तै, मन्त्री शाहले अगामी आर्थिक वर्षमा स्वास्थ्य सेवा सुधार तथा विस्तार, पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता, अस्पताल स्तरोन्नती तथा सेवा विस्तार पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077