Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • मनाङको चामेमा आएको भीषण बाढीले ६ घर बगायो, प्रहरी कार्यालय पनि डुबानमा

    मनाङको चामेमा आएको भीषण बाढीले ६ घर बगायो, प्रहरी कार्यालय पनि डुबानमा

    अनलाइन नेपाल
  • मंगलबार, १ असार २०७८
  • 2.3K
    SHARES

    मनाङ। जिल्लाको सदरमुकाम चामेमा दुईवटा खोलाबाट आएको बाढीले ६ वटा घर बगाएको छ ।

    आज बिहानदेखि परेको अविरल बर्षाका कारण आएको बाढीले सो घरहरु बगाएको जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काले जानकारी दिए। उनका अनुसार बजारका अरु थुप्रै पसल पनि बाढीले बगाएको छ ।



    ‘यहाँ ट्रस्ट बनाएर बसेका होटल र र पसलहरु सबै बगाइसक्यो । पानी गरेको पर्‍यै छ । के गर्ने गर्ने भन्ने स्थिति आयो,’ डीएसपी खड्काले भने, ‘बेलैमा यहाँका जनतालाई सुरक्षित ठाउँमा सारेको भएर मानवीय क्षति भने भएको छैन ।



    डीएसपी खड्काका अनुसार जिल्ला प्रहरी कार्यालय पनि डुवानमा परेको छ। ‘जनतालाई सुरक्षित ठाउँमा त पुर्यायौं तर हामी नै बाढीको मारमा परिसकेका छौं ।’उनले भने,’हामी नै असुरक्षित भइसकेका छौं।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार