Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • विद्यालय खुल्ने टुंगो नभए पनि आजदेखि नयाँ शैक्षिक सत्र शुरु

    विद्यालय खुल्ने टुंगो नभए पनि आजदेखि नयाँ शैक्षिक सत्र शुरु

    अनलाइन नेपाल
  • मंगलबार, १ असार २०७८
  • 4.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आजदेखि नयाँ शैक्षिक सत्र शुरु भएको छ। नयाँ शैक्षिक सत्र शुरु भएपनि विद्यालय खुल्नेबारे भने कुनै टुंगो लागेको छैन ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि शैक्षिक सत्र शुरु गरे पनि पढाइ भने तत्काल नहुने जनाएको छ। कोरोना महामारी कायमै रहेका कारण विद्यालयमा विद्यार्थी उपस्थित गराएर पढाइ गर्न अझै केही समय लाग्ने छ ।



    यस्तै असार १५ सम्म विद्यार्थीका हातहातमा पाठ्यपुस्तक वितरण गरिसक्ने मन्त्रालयले जनाएको छ। शैक्षिक सत्रसँगै भर्ना अभियान शुरु भएको छ।



    भर्चुअल माध्यमबाट भने पठनपाठन भइरहेको छ । यसवर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आन्तरिक मूल्यांकनबाटै आउने भएको छ।

    साउन १५ भित्र एसईईको परीक्षाफल प्रकाशन गर्ने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार