Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • अर्जेन्टिनाले चिलीसँग बराबरी खेल्यो

    अर्जेन्टिनाले चिलीसँग बराबरी खेल्यो

    अनलाइन नेपाल
  • मंगलबार, १ असार २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । कोपा अमेरिका फुटबलअन्तर्गत अर्जेन्टिनाले चिलीसँग बराबरी खेलेको छ ।

    गएराति भएको खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकियो । खेलको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रि किकमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।



    अर्जेन्टिनाका लागि मेस्सीको यो ७३ औं गोल हो । खेलको ५७ औं मिनेटमा एडुवार्डो भेर्गासले गोल गर्दै चिलीलाई १–१ गोलको बराबरीमा फर्काए । बराबरीसँगै समूह ए मा रहेका दुवै टोलीले एक एक अङ्क बाँडेका छन् ।



    अर्जेन्टिना समूहको शीर्ष स्थानमा छ भने चिली दोस्रो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार