Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पुटिन र बाइडेनबीच भेटघाट हुँदै, रूसले अमेरिकाबाट के चाहन्छ ?

एजेन्सी। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनको जुन १६ मा जेनेभामा भेटघाट हुने भएको छ । तर,दुई जनाबीच औपचारिक बैठक हुने टुंगो लागेको छैन। दुबै देशहरू  पारस्परिक सम्बन्ध अहिलेको सबैभन्दा खराब चरणमा रहेको विश्वास गर्छन्।

रुसले हालसालै अमेरिकालाई उनीहरूको सम्बन्ध मैत्री नभएका देशहरूको सूचीमा राख्यो। दुबै देशहरूमा कुनै राजदूत छैन।

बाइडेन अमेरिकाको राष्ट्रपति बनेपछि पुटिन र बाइडेनबीचको यो पहिलो बैठक  महत्त्वपूर्ण छ।
रसियामा आरआईएसी थिंक ट्यान्कका निर्देशक आन्द्रे कोर्तेनेभ भन्छन्, 'सिमोलोजिकली रूपमा यो सम्मेलन एकदम महत्त्वपूर्ण छ। यसले रूसलाई अमेरिकाको बराबरीमा देख्छ, र पुटिनका लागि यो प्रतीकात्मकता पनि कम महत्त्वको छैन।'

यद्यपि सोमबार जो बाइडेन पनि ब्रसेल्समा नाटो मुख्यालयमा बैठक गर्नेछन् ।  तर सबैको नजर बुधवार भ्लादिमिर पुटिनसँग भइरहेको भेटमा छ। यो बैठक केहि समयको लागि  होइन।

राजनीतिक विश्लेषक लिलिया शेभत्सोवा भन्छिन्, 'पुटिन अमेरिकी राष्ट्रपतिलाई समान देख्न चाहन्छन । तिनीहरू आफ्नै सर्तमा सम्मान चाहन्छन्। तिनीहरू आफ्नो शक्ति प्रदर्शन गरेर शक्तिशाली नेताहरूको समूहमा रहन चाहन्छन्।'

भ्लादिमीर पुटिनले बारम्बार पश्चिमी देशहरूलाई लक्षित गरेका छन्। उनको विश्वास छ कि रसियालाई अहिले सबैभन्दा ठूलो खतरा पश्चिमी देशहरु नै हो।

सेन्ट पीटर्सबर्गको आर्थिक मञ्चमा उनले फेरि दावी गरे कि अमेरिका रूसको विकासलाई 'रोक्न' चाहन्छ।

केहि दिन अघि उनले धम्की दिँदै भनेका थिए,  'रसियालाई "काट्न खोज्ने विदेशी आक्रमणकारीलाई 'शिर काटू'।

उनले विश्वलाई रसियाको प्रतिष्ठा र शक्तिका बारे जान्न आवश्यक रहेको वताए । -बिबिसी हिन्दीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077