Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • ओलीविरुद्ध थप आक्रामक बन्ने विपक्षीको दाउ, नेपाल-देउवा र प्रचण्डबीच भेटवार्ता

    ओलीविरुद्ध थप आक्रामक बन्ने विपक्षीको दाउ, नेपाल-देउवा र प्रचण्डबीच भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, ३१ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । विपक्षी गठबन्धनका प्रमुख तीन नेताहरुबीच कोटेश्वरमा भेटवार्ता भएको छ।

    भेटवार्तामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठा नेता माधवकुमार नेपाल उपस्थित रहेका छन्।



    स्रोतका अनुसार एमाले नेता नेपाल निवास कोटेश्वरमा तीन प्रमुख नेताबीच छलफल जारी रहेको हो।



    यसअघि काँग्रेस सभापति देउवा र नेपालबीच छलफल चलिरहेका बेला प्रचण्ड पनि केही बेरअघि कोटेश्वर पुगेका हुन् ।

    पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विपक्षी गठबन्धन आक्रामक रुपमा प्रस्तुत भइरहेका बेला आज प्रमुख विपक्षी नेताहरुबीच भएको उक्त छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ।

    तर, प्रदेश नम्बर १ र बागमती प्रदेशमा माधव समूहले एमालेका मुख्यमन्त्रीहरुलाई समर्थन गरेपछि विपक्षी गठबन्धनबाट नेता नेपाल अलगिने आकलन भइहरेका बेला यो वार्ता भएको बुझिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार