एजेन्सी। भारतको नोएडाको गौतम बुद्ध नगरमा गतहप्ता अप्रत्याशित खालको बलात्कारको घटना भएको खबर सार्वजनिक भएको छ ।
भारतीय मिडियाका अनुसार नोएडाको फेस २ को भंगेल क्षेत्रमा एक महिला घरभित्र सुतेकी थिइन् । उनका श्रीमान छतमा सुतिरहेका थिए । महिलालाई आफ्ना श्रीमान राती उठेर घरभित्र आउँछन् भन्ने लागेको थियो त्यसैले उनले घरको ढोका खुल्लै राखेर सुतेकी थिइन् ।
तर, छिमेकका एक युवकले भने घरको ढोका खुल्लै देखेपछि छतको बाटो घरभित्र पसेर महिलालाई बलात्कार गरेको बताइएको छ ।
घटनापश्चात् स्थानीय पुलिसले सो सूचनापछि मुद्दा दर्ता गरेर आरोपीलाई पक्राउ गरेको छ ।
पुलिस अधिकारीले भारतीय मिडियालाई बताएअनुसार यी महिलाले छिमेकका रिंकु नामका एक युवकमाथि बलात्कारको आरोप लगाएकी छिन् ।
Leave a Reply