एजेन्सी। भोजपुरी सुपरस्टार खेसारी लाल यादवविरुद्ध महिलालाई लिएर अश्लील गीत बनाएको आरोपमा उजुरी दर्ता भएको छ ।
यादवलाई गत बिहीबार ‘सनातन सेवा फाउन्डेशन’का प्रमुख सरजीत सिंहले मुम्बई प्रहरीमा आपराधिक मामलामा उजुरी दर्ता गराएका हुन् ।
उजुरीमा यादवले पैसा कमाउने उदेश्यले अश्लिल गीत र भिडियो बनाएको आरोप छ ।
यादवविरुद्ध भारतीय दण्ड संहिताको धारा २९२, २९४ तथा ३५४ अन्तर्गत केस गरिएको छ । उनले हालै ‘चाची के बच्ची सपनवा मे आती है’बोलको गीत रिलिज गरेका थिए ।
Leave a Reply