Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीको नाम जोडेर निर्वाचन आयोगलाई बाबुरामको प्रश्न - वादी-प्रतिवादी मिलेर बस भन्ने ? वाह !

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले निर्वाचन आयोग भूमिकातर्फ संकेत गर्दै प्रश्न उठाएका छन्।

अध्यक्ष भट्टराईले आयोगले जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक-अर्कालाई गरेको कारवाहीलाई मान्यता दिन नसकिने बताएसँगै उनले प्रश्न उठाएका हुन्।

जसपाका अध्यक्षद्वय ठाकुर र यादवले एकअर्कालाई गरेको कारवाही  वादी र प्रतिवादी मिलेर बस्नु भन्ने फैसला गरेको भन्दै भट्टराईले असन्तुष्टि जनाएका हुन्।

आयोगको भूमिकाप्रति भट्टराईले सोमबार बिहान प्रश्न उठाउदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जोडेर  सामाजिक संजालमा ट्वीट गरेका छन्।

उनले लेखेका छन् ‘खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधिशास्त्र: कसैले चोर्यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नु। चोरलाई पनि मैले चोरेको हैन भनेर उल्टै मुद्दा हाल्ने (वादी) ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनु। मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन् मिलेर बस्नु भन्ने फैसला गर्नु ! वाह।’

खड्गप्रसाद एण्ड कम्पनीको नयॅा विधिशास्त्र: कसैले चोर्यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नू ! चोरलाई पनि मैले चोरेको हैन,उल्टै मुद्दा हाल्ने (वादी)ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनू।मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन्, मिलेर बस्नू भन्ने फैसला गर्नू! वाह!

— Baburam Bhattarai (@brb1954) June 14, 2021

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077