एजेन्सी । जारी युरोकप फुटबलको १६ औं संस्करण अन्तर्गत आज तीन खेलहरु हुँदैछ ।
आज समूह ‘सी’मा रहेका देशहरुको दुई खेल र समूह ‘डी’मा रहेको टिमको एक खेल हुनेछ ।
आजको पहिलो खेलमा समूह ‘डी’ मा रहेको इंग्ल्याण्ड र क्रोएसियाबीच लण्डनको वेम्बली स्टेडियममा नेपाली समयानुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।
यस्तै, आज हुने दोस्रो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच खेल हुनेछ । समूह ‘सी’ मै रहेको अष्ट्रिया र नर्थ म्यासेडोनियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
यसगरी आजको अन्तिम खेलमा नेदरल्यान्ड्स र युक्रेनबीच खेल हुनेछ ।
समूह ‘डी’ को नेदरल्यान्ड्सले घरेलु मैदानमा युक्रेनको सामना गर्नेछ । दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
यसअघि हिजो भएको खेलमा बेल्जिमले रुसलाई र फिनल्याण्डले डेनमार्कलाई पराजित गरेको थियो भने वेल्स र स्वीजरल्याण्डबीच बराबरीमा सकिएको थियो।
Leave a Reply