Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढीमा जिप चोरेको आरोपमा युवक पक्राउ

धनगढी । कैलालीमा पार्किङ गरी राखिएको जिप चोरी गरेर दुर्घटना गराएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ का २७ वर्षीय करनसिंह धामी रहेका छन् ।

धामीले बिहीबार राति धनगढीस्थित बसपार्कको नविन होटल बाहिर पार्किङ गरी राखेको खड्कबहादुर चलाउनेको बा १४ च १६४४ नम्बरको बोलेरो जिप चोरेका थिए । खोजी गर्दै सो जिप गोदावरीको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

होटलमा बास बसेका धामीले चलाउनेको कोठाको झ्यालबाट चाबी चोरेर जिप गोदावरी लगेका थिए । धामीलाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077