Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • धनुषामा दर्दनाक घटना : एउटै पोखरीमा डुबेर ५ जना बालिकाको मृत्यु

    धनुषामा दर्दनाक घटना : एउटै पोखरीमा डुबेर ५ जना बालिकाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २८ जेष्ठ २०७८
  • 3.7K
    SHARES

    जनकपुरधाम । एउटै पोखरीमा डुबेर धनुषामा ५ जना बालिकाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार शुक्रवार मुखियापट्टी मुसहरनीया गाउँपालिका वडा नम्बर ६ स्थित लक्ष्मीपुरमा पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु भएको हो । घटनाको बारेमा अनुसन्धान भइरहेको उनले वताएका छन्।



    धनुषा प्रहरीका अनुसार मृत्यु हुनेहरूमा मुखियापट्टी मुसहरनीया गाउँपालिका स्थानीय जोगिन्द्र भगतकी १० बर्सिया छोरी चन्द्रकुमारी भगत, पल्टूँ यादवकी १२ बर्सिया छोरी लक्ष्मीनिया यादव, राजगिर पूर्वेकी १३ बर्सिया छोरी मञ्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ बर्सिया छोरी चाँदनी ठाकुर र उतिम साह तेलीकी १२ बर्सिया नातिनी ललित साह रहेका छन्



    माछा पालनको नाममा पोखरी खन्दा यस्तो घटना घटेको प्रहरीको भनाइ छ ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घरबाट खाना खाएर दिउँसो करिब साढे १२ बजेको समयमा बालिकाहरू समूहमा बाख्रा चराउन गएको बेला माछापालाका लागि स्थानीय हुलास यादवले खेतमा खनाएको पोखरीमा नुहाउने क्रममा उनीहरू डुबेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार