Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वमहालेखा परीक्षक अधिकारीको निधन

काठमाडौँ । पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको निधन भएको छ । उनको १०१ वर्षको उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको हो ।

निजामती सेवामा लामो अनुभव हाँसिल गरेका अधिकारी नेपाल सरकारको अर्थ, रक्षा र कृषि सचिव पनि भएका थिए ।

उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन् । उनका दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077