Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाले ९२ देशलाई ५० करोड फाइजर खोप वितरण गर्ने

एजेन्सी । अमेरिकाले विश्वका ९२ देशलाई कोरोना भाइरसविरुद्धको ५० करोड फाइजर खोप आफै किनेर वितरण गर्ने भएको छ ।

राष्ट्रपति जो बाइडेनको प्रशासनले फाइजर खोप दुई वर्षभित्र विश्वका विभिन्न देशलाई उपलब्ध गराउने तयारी गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यस वर्ष झण्डै २० करोड मात्रा उपलब्ध गराइने छ । बाँकी सन् २०२२ मा वितरण गर्ने अमेरिकाको योजना छ । विश्वका कम आय भएका देशलाई खोप वितरण गरिने छ ।

विश्वका गरिब देशहरुलाई प्रदान गर्ने खोपको मात्रा बढाउन अमेरिकामाथि दबाब पर्दै आएको छ । राष्ट्रपति बाइडेन सत्तामा आएपछिको आफ्नो पहिलो विदेश भ्रमणको क्रममा बेलायत अवतरण भएपछि अमेरिकाको खोप सम्बन्धी नयाँ तयारीबारे जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077