एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक र विच्याटमा प्रतिबन्ध लगाएको कार्यकारी आदेश खारेज गरेका छन्।
ट्रम्पले ती दुई चिनियाँ कम्पनीहरुबाट राष्ट्रिय सुरक्षामा आँच आउने भन्दै अमेरिकाबाट दुबैलाई बहिष्कार गर्ने घोषणा गरेका थिए ।
व्हाइट हाउसले प्रतिबन्ध हटाउने बारेमा जानकारी दिएको छ। टिकटकको मातृ कम्पनी बाइटड्यान्सले पनि अमेरिकी प्रशासनको उक्त निर्णयविरुद्ध मुद्दा दायर गरेको थियो ।
साथै विच्याटका प्रयोगकर्ताहरुले पनि एपलाई प्रतिबन्धविरुद्द मुद्दा दायर गरी आफ्नो पक्षमा आदेश पाएका थिए ।
अमेरिकी नागरिक स्वतन्त्र संघ (एसीएलयू) का वरिष्ठ वकिल एशले गोर्स्कीले उक्त प्रतिबन्ध खारेज गर्ने निर्णयको स्वागत गरेका छन्।- बिबिसी
Leave a Reply