काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गराएपछि पदविहिन बनेका सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलिय बैठक बोलाएका छन् । सापकोटाले संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई बैठकमा डाकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सभामुख सापकोटाले लिखित निमन्त्रणा पठाएका छन् ।
सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेका अनुसार प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू, संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई बैठकमा बोलाइएको छ । समसामयिक विषयमा छलफल गर्नका लागि बैठकको आयोजन गरिएको बताइएको छ ।
शुक्रबार दिउँसो २ बजेका संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक आयोजन गरिएको न्यौपानेले जानकारी गराए । प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुखले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि उनले पूर्वसभामुख, कानुन व्यवसायी, राजनीतिक दलका नेतालगायतसँग परामर्श गरेका थिए ।
Leave a Reply