Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

असार १ गतेबाट जोर विजोर लागू गर्ने तयारीमा सरकार

काठमाडौं । सरकारले असार १ गतेबाट काठमाडौं उपत्यकामा जोर–विजोरको तयारी थालेको छ । हालसम्म निषेधाज्ञा कोरोना भाइरस महामारीको ‘चेन ब्रेक’ गर्न सहयोगी साबित भएको निष्कर्ष निकाल्दै गृह मन्त्रालयले एक महीना लामो निषेधाज्ञालाई क्रमशः खुकुलो गर्दै लैजाने तयारी थालेको हो । यद्यपि तत्काल सार्वजनिक सवारी चाहिँ चल्न दिनु नहुने अधिकारीहरुको भनाइ छ ।

गृह मन्त्रालयले मुलुकका ७५ जिल्लामा लगाइएको निषेधाज्ञाको समीक्षा पनि थालेको छ । गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञा लगाइएका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल गरेका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जेठ मसान्तसम्म निषेधाज्ञा जारी नै रहेको दोहोर्याउँदै त्यसपछि थप हुँदा चाहिँ अन्य केही क्षेत्र खोल्ने विषयमा छलफल भइरहेको जानकारी गराएका छन् । यद्यपि, त्यसका लागि स्वास्थ्य मन्त्रालयको पनि राय लिने तयारी भइरहेको पनि उनको भनाइ छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई पनि संक्रमण र मृत्यु दर घटेको आफूहरुको निष्कर्ष रहेको बताउँदै निषेधाज्ञाको मोडालिटीको विषयमा २९ जेठमा निर्णय हुने बताउँछन् ।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले महामारी नियन्त्रणका लागि भन्दै १६ वैशाखदेखि निषेधाज्ञा लगाएका थिए गत वर्ष एकैपटक खुकुलो बनाउँदा फेरि संक्रमण बढेको भन्दै गृहले यसपालि चाहिँ मोडालिटी बनाएर निश्चित क्षेत्र खोल्दै जाने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077