Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनीमा विपक्षी गठबन्धनका सांसदहरुद्वारा विरोध, उठ्यो लाठी चार्जदेखि मध्यरातसम्मको कुरा

बुटवल। लुम्बिनी प्रदेशको प्रदेशसभामा विपक्षी गठबन्धनका सांसदहरुले विरोध प्रदर्शन गरेका छन्।

आज प्रदेश सभामार्फत आगामी वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख धर्मनाथ यादवमार्फत सार्वजनिक गर्ने कार्यक्रमको विपक्षी गठबन्धनका सांसदहरुले विरोध गरेका हुन् ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रदेश सभामा प्रस्तुत गर्न आग्रह गर्ने निर्णय गरेको थियो । गठबन्धनका सांसदको विरोधकाबीच प्रदेश प्रमुखले नीति तथा कार्यक्रम बाचन गरिरहेका छन् ।

यस्तै गठबन्धनले एक विज्ञप्ति जारी गर्दै विश्वासको मत नलिएकोमा सरकारको वैधानिकतामा समेत प्रश्न उठाउदै सदस्यहरुको लाठी चार्जदेखि मध्यरातमा लिएको सपथको समेत कुरा उठाएका छन्।

बैठकमा विपक्षी दलका प्रमुख सचेतक मात्र उपस्थिति भएका छन् भने प्रमुख सचेतक बाहेक गठबन्धनमा अबद्ध ४ दलका अरु प्रदेशसभा सदस्यहरुले बैठक बहिस्कार गरेको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077