Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मुख्यमन्त्री भट्टलाई बधाई दिँदै भीम रावलले भने– राजनीतिक नैतिकताको शिक्षा लिने कि ?

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता भीम रावलले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिन सफल भएकोमा बधाई दिएका छन् ।

आज नेता रावलले सामाजिक सञ्जालमार्फत् बधाई दिँदै विधि, विधान र पद्धति मिच्नेहरूले उनीहरुबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ? भन्दै प्रश्न गरेका छन्।

ट्वीटरमा ट्वीट गर्दै भनेका छन्, 'सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकामा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई! विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ?’

https://twitter.com/BhimRawal179/status/1402167385545654272

मुख्यमन्त्री भट्टमाथि जेठ २१ गते विश्वासको मत लिनुपर्ने कुरा उठेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077